Trans Fat, Dr,Om,Murti,Anil,best,senior,cardiologist,heart | Dr. Om Murti Anil

मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्

ट्रान्स फ्याट अत्यधिक हानिकारक फ्याट हो

Fats & oils  56472 viewed 

2018-07-17


के के खाना मा ट्रान्स फ्याट बढी पाईन्छ , मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्

  • बनस्पती घ्यु    
  • केक , पेस्ट्री ,पाइ   
  •  क्रिम 
  •  पीजा , बर्गर ,सैन्ड्विच    
  •  बिस्कुट, कूकिज ,क्रेकर    
  • चोक्लेट 
  •  डुनट 
  •  पोप्कोर्न 
  •  क्रिम कैन्डी 
  •  तालेको (Fried) फास्ट फुड 
  •  फ्रेन्च फ्राइ 
  •  फ्रोजेन फुडस 


खानामा ट्रान्स फ्याट बढी भएमा हार्ट अटेक र ब्लोकेजको सम्भावना बढी हुन्छ, ट्रान्स फ्याट अत्यधिक हानिकारक फ्याट हो। यस्को बारेमा राम्ररी थाहा पाउनु होस् - Dr Om Murti Anil, Senior Cardiologist


हाम्रो दैनिक खानामा ट्रान्स फ्याटको मात्रा एक प्रतिशत भन्दा कम हुनुपर्छ । हामीले बजारमा किन्ने प्रत्येक खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेर्ने गर्नुपर्छ र ट्रान्स फ्याटको मात्रा प्रष्ट सग नलेखिएको खानेकुरा सकेसम्म किन्नु हुदैन ।

 वनस्पति घ्यूमा ट्रान्स फ्याटको मात्रा अत्यन्तै बढी हुन्छ । कुनैकुनै  वनस्पति घ्यूमा ५० प्रतिशतसम्म ट्रान्स फ्याट भएको पाइन्छ ।





वनस्पति घ्यू सस्तो भएकोले शुद्ध घ्यूको सट्टामा बढी प्रयोग हुनेगर्छ । रेष्टुरेण्टहरुमा यसको प्रशस्त प्रयोग भएको पाइन्छ ।

 फास्टपूmडहरु यस्तै घ्यूमा बनाइएको हुन्छ । यस्तो खानाको  स्वाद राम्रो हुने, बढी  sale व्हुने र हेर्नमा आकर्षक देखिने हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने यस्ता खानाहरु अत्यन्तै हानिकारक हुन्छन् । 

यस्ता खानामा पाइने ट्रान्स फ्याट र सैचुरेटेड फ्याटले हाम्रो शरीरमा कोलेस्ट्रोलको समन्वयलाई बिगारेर ह्दयाघात जस्ता प्राणघातक रोगको उत्पत्ति गर्नसक्छ । 

हामीले खाने कुरा किन्ने बेलामा र खाने बेलामा अलिकति बिचार गर्नुपर्ने जरुरी देखिन्छ ।

 यो खानामा सैचुरेटेड फ्याट र ट्रान्स फ्याटको मात्रा कति होला, कस्तो तेल वा घ्यूको प्रयोग भएको होला, प्रिजरभेटिभको प्रयोग भएको छ कि छैन् जस्ता कुराहरु बिचार गर्नुपर्छ ।  

केही नसोची यस्ता खानेकुरा निर्घक्क सग प्रयोग गर्नु असामयिक स्वास्थ्य दुर्घटनाको लागि बाटो खोलिदिनु हो । 









ट्रान्स फ्याट पनि एक प्रकारको अनसैचुरेटेड फ्याट नै हो, तर यसले नराम्रो कोलेस्ट्रोल LDL लाई बढाउ“छ र राम्रो कोलेस्ट्रोल HDL लाई घटाउछ । यसले नराम्रो कोलेस्ट्रोललाई मुटुको रक्तनलीमा थुपारेर Coronary artery disease हुने सम्भावना बढाउँछ ।

ट्रान्स फ्याट सैचुरेटेड एनिमल फ्याट भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा Blockage बन्ने संभावना पनि बढाउँछ । बजारमा पाइने धेरैजसो खानेकुरामा ट्रान्स फ्याटको मात्रा धेरै हुनसक्छ । विशेष गरेर फास्ट food , फ्रोजेन food  र प्रोसेस्ड food,  यसको मात्रा बढी भएको पाइन्छ । खानेकुरा किन्ने बेलामा ट्रान्स फ्याटको मात्राको बारेमा जानकारी राख्नु जरुरी हुन्छ ।




Please read this also,


Written By:

Dr. Om Murti Anil

MBBS, MD, DM Cardiology(AIIMS)


Related Articles

Most Viewed Articles

Recent Articles

Involvement with