Vegetable oil should not be reused by reheating after initia | Dr. Om Murti Anil

प्रयोग गरिसकेपछि तेललाई पुनः तताएर प्रयोग गर्नु हुदैन् ।

Fats & oils  39265 viewed 

2018-07-20


Dr Om Murti Anil 

कपटक प्रयोग गरिसकेपछि तेललाई पुनः तताएर प्रयोग गर्नु हुदैन् 

तेललाई पटक पटक तताउदा अल्डिहाइड (Aldehyde)  नाम गरेको टोक्सिन(Toxin) उत्पन्न हुन्छ । यस्तो तेलको सेवन गरेपछि यसमा भएका टोक्सिन(Toxin)  हरुले शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पु¥याउन सक्छ ।  सूर्यमुखीको तेल, भटमासको तेललाई पटक पटक तताउदा राम्रो Unsaturated Fat  नराम्रो Trans Fat  मा परिणत हुनसक्छ ।

ट्रान्स फ्याट एक प्रकारको Unsaturated Fat  हो, जसले नराम्रो कोलेस्ट्रोल (LDL Cholesterol) लाई बढाएर राम्रो कोलेस्ट्रोल (HDL) लाइ घटाएर मुटुमा ब्लोकेज (Coronary Heart Disease) हुने सम्भावना बढाउछ । ट्रान्स फ्याट चाहिं Saturated animal Fat  भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउछ ।

तेललाई पटक पटक तताउदा एक प्रकारको  4-Hydroxy-Trans-2-nonenal (HNE) नाम गरेको टोक्सिन(Toxin) बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ ।

Written By:

Dr. Om Murti Anil

MBBS, MD, DM Cardiology(AIIMS)


Related Articles

Most Viewed Articles

Recent Articles

Involvement with