हार्ट बर्न र हार्ट अटैकमा फरक !

Heart Attack     5829 viewed 

2017-10-22


हार्ट बर्न (Heart Burn)

पेटको समस्या (गयास्ट्रीक) ले छातिको बिच भागमा,घाटिमा वा छातिको देब्रेतिरको तल्लो भागमा पोल्नु वा असजिलो हुनुलाई हार्ट बर्न भनिन्छ । हार्ट अटैक को लक्षण  हार्ट बर्न सँग मिल्दोजुल्दो हुने गरेकोले यसलाई यकिन सँग छुट्ट्याउन अत्यन्तै जरुरी हुन्छ । धेरै बिरामीले हार्ट अटैक लाई  हार्ट बर्न ठानेर ठुलो सन्कटमा पनि परेका छन । साथै धेरैले  हार्ट बर्न लाई हार्ट अटैक  भन ठानेर अनावश्यक समय, पैसाको खर्च र मानसिक त्रास समेत भोग्न पुग्छन ।


हार्ट बर्न र हार्ट अटैक कसरी छुट्याउने ?

हार्ट बर्न र हार्ट अटैक  छुट्याउने प्रमुख आधार लक्षण नै हो । कुनै जाचको मदतले यसलाई छुट्याउन कठिन हुन्छ ।


1)  छातिको बिच्मा वा घाटिमा पोल्नु वा असजिलो हुनु दुबै अवस्थामा हुनसक्छ, तर हार्ट बर्न मा दुखाइ देब्रे हातमा सर्दैन ।


2)  हार्ट बर्न मा पहिला देखी गयास्ट्रीक को समस्या हुनु, अमिलो पानी आउनु,माथिलो पेट दुखने हुन्छ तर हार्ट अटैक मा बिच छातिको ठुलो भाग्मा दुखेको पोलेको वा दबाब जस्तो अनुभव हुन्छ ।


3)  वाकवाकी वा बान्ता हुने हार्ट बर्न मा पनि हुन्सक्छ, तर दुखाइ सँग पसीना आउनु हार्ट अटैक को महत्वपूर्ण लक्षण मानिन्छ ।


४)  मानसिक तनाव, मोटोपना, मदिरा सेवन र खानाको गडबडी (अमिलो,चिल्लो,पिरो) ले  हार्ट बर्न बढाउछ ।


5)  खाना खाएपछी वा धेरै बेर खाली पेट भएमा, नपच्ने खालको बहिर खाना खाएमा हार्ट बर्न को सम्भावना हुन्छ ।


6)  मधुमेह, धुम्रपान्, उच्च्कोलेस्टेरोल भएकाले यस्तो लक्षण हुनसाथ मुटु जाच गर्नु राम्रो हुन्छ । 


7)  हार्ट बर्न को उपचार (एन्टासिड्,पन्टोप्राजोल्)शुरु हुने बितिकै आराम हुन थाल्छ , तर हार्ट अटैक मा उचित उपचार नभएसम्म पुर्न आराम मिल्दैन ।


8)  लक्षण को आधार मा कहिलेकाही बिशेसज्ञलाई पनि निदान गर्न कठिन हुने भएकोले ,बिरामीको सम्पूर्ण अवस्थालाई ध्यान मा राखेर मात्रै हार्ट बर्न को डायग्नोसिस गरिन्छ ।


Involvement with